अफगानिस्तानको सम्झना कला परिषद्

पुस २१, काठमाडौँ, कलाकार सुषमा राजभण्डारी, भीमप्रसाद शर्मा, अरुणा हिङमाङ र नरबहादुर विकेले सिर्जना गरेको ‘ अफगानिस्तानको सम्झना’ नामक चित्रकला प्रदर्शनी नेपाल कला परिषद्, बबरमहलमा सुरु भएको छ ।

पुस २६ गतेसम्म चल्ने प्रदर्शनीमा प्रकृति, सौन्दर्य, नारी वेदनालगायत विषयलाई केन्द्रित गरिएको छ ।  अफगानिस्तानको बामियानमा सार्कस्तरीय चित्रकला शिविरमा ख्यातिप्राप्त कलाकारको सहभागितामा भएको चित्रकला कार्यशालामा नेपालका तर्फबाट सहभागी कलाकारले निर्माण गरेका चित्रलाई सामूहिक रुपमा प्रदर्शन गरिएको हो ।

प्रदर्शनीको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले कलाकारले कला सिर्जनाका माध्यमबाट बुद्ध नेपालमा जन्मेको समाचार विश्वव्यापी बनाउनुपर्ने सुझाव दिए ।