कला–पत्रकार सम्मानित

पुस २१, काठमाडौँ–नेपाल ललितकला पत्रकार समाज (सोफाज)ले कला पत्रकारितामा योगदान पु¥याउने पाँच पत्रकारलाई नगद १११ सहित सम्मान गरेको छ ।

जनकपुर कार्यक्षेत्र भएकी मनिका झा र काभ्रेपलाञ्चोकका फूलमान बललाई ‘नारायणबहादुर सिंह स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरियो ।

त्यस्तै ‘पार्क ललितकला पत्रकारिता पुरस्कार’ डब्बु क्षेत्रीलाई प्रदान गरियो भने ‘सोफाज ललितकला पत्रकारिता विशेष सम्मान’ टङ्क उपे्रती र राजमान महर्जनलाई गरियो ।  नेपाली कला जगत्का प्रथम समीक्षक एवं समालोचक सिंहको सम्मान र सम्झनामा सो पुरस्कार स्थापना गरिएको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले पुरस्कृत पत्रकारलाई सम्मान गर्दै कला क्षेत्रमा योगदान पु¥याउनेलाई राज्यस्तरबाटै उचित सम्मान हुनुपर्ने बताए ।

सोफाजका अध्यक्ष केशवराज खनाल र महासचिव देवेन्द्र थुम्केलीले ललितकला, कला, साहित्य र मनोरञ्जन पत्रकारितामा निरन्तर योगदान गर्नेलाई थप ऊर्जा प्रदान गर्न सम्मानको सुरुआत गरिएको बताए