नित्यराज पुरस्कार प्रदान

पुस २१, काठमाडौँ–नित्यराज प्रज्ञा–प्रतिष्ठानले यस वर्षको ‘नित्यराज पुरस्कार’ साहित्यकार प्रल्हाद पोखरेल, परोपकार उमावि र मातृभूमि सेवक सङ्घलाई प्रदान गरेको छ ।
जनही रु १५ हजार राशीको उक्त पुरस्कार नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले पुरस्कृतहरुलाई प्रदान गरे ।
महाकवि देवकोटाका प्रथम जीवनीकार नित्यराज पाण्डेले आफ्ना नाममा सो पुरस्कार स्थापना गरेका हुन् । । पाण्डेद्वारा लिखित ‘महाकवि देवकोटा’ जीवनीमूलक कृतिले विसं २०१६मा मदन पुरस्कार प्राप्त गरेको थियो । सो अवसरमा बुद्धिराज पाण्डेद्वारा लिखित कवितासङ्ग्रह ‘मौनयात्रा’ समेत विमोचन गरिएको थियो ।