नेता पण्डित अस्पताल भर्ना

पुस २०, काठमाडौँ–

नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री लालबाबु पण्डित अस्वस्थ भई नयाँबानेश्वरस्थित निजामती अस्पतालमा भर्ना भएका छन् ।

उनलाई मधुमेह, उच्च रक्तचापको समस्या भएपछि आइतबार साँझ अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव ओसिम आलमले जानकारी दिए ।

अस्पतालका प्रमुख डा. बिमल थापाको समूहले अहिले उनको उपचार गरिरहेको छ । नेता पण्डितको आँखामा समेत समस्या देखिएको र त्यसको शल्यक्रिया गर्नुपर्ने बताइएको छ । मधुमेहलाई सामान्य अवस्थामा ल्याएपछि उनको आँखाको शल्यक्रिया गर्नुपर्ने भएकाले अझै एक सातासम्म अस्पताल बस्नुपर्ने आलमले जानकारी दिए ।