दश दिनभित्र न्यानो कपडा किन्न दिइएको रकम नपुगे कारबाही गरिने

पुस १८, काठमाडौँ– 

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले भूकम्प प्रभावितलाई सरकारले घोषणा गरेको जाडोमा न्यानो कपडा किन्न दिइने रु १० हजार १० दिनभित्र वितरण नगरिए सम्बन्धित कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ ।

सरकारले घोषणा गरेको सो रकम वितरण ढिलाइ भएको गुनासो बढिरहेका बेला सरकारले गृह र स्थानीय विकास मन्त्रालयलाई १० दिनभित्र वितरणको कार्य पूरा गर्न कडा निर्देशन दिएको हो ।

बैठकले लगानी बोर्डको प्रस्तावमा चीनको ‘द गोर्खाज युके’ कम्पनीको परियोजना प्रस्तावअनुसार ऊर्जा उत्पादनको समझादरी स्वीकृत गरेको छ भने बोर्डलाई हावाबाट बिजुली उत्पादन निकाल्ने परियोजना प्रस्ताव तयार गर्न निर्देशन पनि दिएको छ ।

बैठकले बेपत्ता परिवारको छानबिन र सत्य तथा मेलमिलाप आयोग सञ्चालनसम्बन्धी नियमावली स्वीकृत गरेको छ ।

यसैगरी दैवी तथा विषाक्त हतियारसम्बन्धी महासन्धीको अनुमोदनका लागि व्यवस्थापिका– संसद्मा पेस गर्ने, चीनका लागि नेपाली राजदूत डा महेश मास्केको कार्यवधि चार महिना थप्ने निर्णय गरेको छ ।