अध्ययन गरेर सहकारी ऐन ल्याउनुपर्छ—उपप्रम केसी

पुस १७, काठमाडौँ—उपप्रधानमन्त्री तथा सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले सहकारीसम्बन्धी पर्याप्त अध्ययन गरेर मात्र सहकारीसम्बन्धी ऐन ल्याउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल सहकारी पत्रकार समाज(सिजेएन) को पाँचौ वार्षिक साधारणसभाको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री केसीले अर्थव्यवस्थाको तीन खम्बामध्ये एक महत्वपूर्ण खम्बाको रुपमा रहेको सहकारीसम्बन्धी ऐन ड्राफ्टका रुपमा तयार भइसकेको जानकारी समेत दिए ।

सहकारी ऐन जारी गर्दा सहकारीसम्बन्धी मूल्य मान्यता र सिद्धान्तलाई छाड्न मिल्दैन भन्दै मन्त्री केसीले राष्ट्रिय, अन्तर्राष्ट्रिय सिद्धान्तलाई आत्मसात् नगर्ने हो भने त्यो ऐन प्रभावकारी हुन नसक्ने बताए ।
र्
एकै व्यक्ति धेरै सहकारीमा सदस्य बन्ने जस्ता समस्या धेरै छन्र्, उनले भनेर्—सहकारीमा भएका सदस्यले आफ्नो पूँजी कहाँ र कसरी प्रयोग भइरहेको छ भन्नेबारे जानकारी राख्नु जरुरी छ ।’

कार्यक्रममा सिजेएनका संस्थापक अध्यक्ष यादव हुमागाईलाई सम्मान समेत गरिएको थियो ।