नियुक्त भएको एक सातापछि ६ राज्यमन्त्रीले सपथ लिँदै

पुस १७, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले ६ जना राज्यमन्त्रीलाई सपथ ग्रहण गराउने भएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रवार यसअघि नै नियुक्त भएका एमालेका ६ जना राज्यमन्त्रीहरुलाई सपथ खुवाउन लागेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

अघिल्लो बिहीवार मन्त्रिमण्डल विस्तार गर्दा नै राज्यमन्त्री भएकाहरुलाई झण्डै एक साता पछि शुक्रवार प्रधानमन्त्री ओलीले पद तथा गोपनियताको सपथ ग्रहण गराउन लागेका हुन् ।