अँग्रेजी नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै

पुस १७ काठमाडौँ–इस्वी सम्बतअनुसार आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०१६ सुरु भएको छ ।
नयाँ वर्षको स्वागत संसारभर विभिन्न कार्यक्रम गरिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रमसहित खुशीयालीका साथ नयाँ वर्षको स्वागत गरिएको छ ।

नयाँ वर्षको स्वागतमै काठमाडौँको ठमेल, भक्तपुरको नगरकोट, चितवनको सौराहा, पोखरा लगायत ठूला शहरहरुमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको थियो । सन् २०१५मा भए गरेका कामको समीक्षा गर्दै नयाँ वर्षमा नयाँ योजना पनि बनाउने गरिन्छ ।