किन हानिइन् खाडीमा हिसिला

पुस १७, काठमाडौं – नयाँ शक्ति बनाउनका लागि भन्दै खाडी मुलुकको भ्रमणमा निस्केकी हिसिला यमीका कारण खाडीमा रहेका नेपाली झन् बिच्किएका छन् ।

नयाँ शक्तिको विदेश विभाग प्रमुख भएको भन्दै उनी खाडीका कतार, साउदी अरब, बहराइनलगायतका मुलुकमा अभियान लिएर गएकी थिइन् । उनले ती मुलुकमा एकाध नेपाली भेला गरेर नयाँ शक्तिको बारेमा प्रवचन दिन भन्दा पनि एमाओवादीको उछित्तो मात्रै काढ्ने काम गरिन् ।

उनले खाडीमा त्यति मात्रै होइन, भारत समेत आफूहरूको पक्षमा रहेको भनेर बताएपछि प्रवासी नेपालीले हुटिङ गरेका थिए । उनले आफू खाडीबाट सोझै भारत जाने र भारतीय संस्थापन पक्षसँग कुरा गर्ने बताएकी थिइन् ।

उनले त्यसो भनेको २४ घण्टा नबित्दै भारत ओर्लिएकी छिन् । उनले भारतको संस्थापन पक्षसँग कुरा गर्ने बताएकी छिन् । कतार एयरलाइन्सको जहाज चढेर उनी भारतको नयाँदिल्ली ओर्लिएकी छिन् । (आजको जनआह्वान साप्ताहिकबाट)