अख्तियारले डामेका कायस्थ एकाबिहानै श्रीमानको दैलोमा

पुस १७, काठमाडौं – सुडान घोटाला प्रकरणमा मुछिएका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विजयलाल कायस्थ अख्तियारको ठूला माछाको सूचीमा रहेका छन् ।

उनले सुडान घोटाला सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा समेत विचाराधीन रहेको छ । उनको मुद्दा प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश जगदीश शर्मा पौडेलको बेन्चमा मुद्दा हेर्दा हेर्दैको अवस्थामा रहेको खबर आजको जनआह्वान साप्ताहिकले लेखेको छ ।

तर मुद्दाको वादी र प्रतिवादीबीच भेटघाट गर्न नपाइने कानूनी आचारसंहितालाई लत्याउँदै कायस्थले प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई भेटेका छन् । सरकार वादी भएको मुद्दाका आरोपी कायस्थलाई प्रधानन्यायाधीश श्रेष्ठले भेटघाट गरेको बुझिएको छ ।

गत शनिबार बिहान ८।३० बजे ढाका टोपी लगाएर प्रधानन्यायाधीश निवास बालुवाटार छिरेका कायस्थले एक घण्टा बढी छलफल गरेका थिए । उनले आफ्नो मुद्दा तत्काल सार्थक ढंगले टुङ्ग्याइदिन आग्रह गरेका थिए । हेर्दा हेर्दैको बेन्चमा रहेको मुद्दाका आरोपीसँग प्रधानन्यायाधीश श्रेष्ठले के कुरा गरे भन्ने चासोको विषय बनेको छ ।