१३ किशोरी तथा महिला बलात्कारमा

पुस १६, काठमाडौँ– मंसिर महिनामा १३ किशोरी तथा महिला बलात्कारमा परेको सञ्चारिका समूहले गरेको सञ्चार अनुगमनले देखाएको छ ।

समूहले भर्खरै सार्वजनिक गरेको सञ्चार अनुगमनअनुसार मंसिर महिनामा ८ हत्याका घटना भएका छन् । समाचारमा स्वास्थ्य अधिकार हनन भएका १ घटना, आर्थिक अधिकारसँग सम्बन्धित १ वटा घटना थिए ।

बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचबिखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी, राजनीति र अन्य शीर्षकमा समाचार छापिएका थिए ।

अनुगमन कान्तिपुर, नागरिक, गोरखापत्र, हिमालय टाइम्स, राजधानी, अन्नपूर्ण, नेपाल समाचारपत्र दैनिकलगायतका पत्रपत्रिकालाई समावेश गरिएको थियो ।