२१ देशमा राजदूत नियुक्तिको तयारी

पुस १६, काठमाडौँ – सरकारले २१ स्थानमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउने भएको छ । अहिले ११ दूतावास खाली छन् भने ३ महिनाभित्रमा अन्य १० मुलुकका नियोग पनि राजदूतविहीन हुँदैछन् ।

सरकारले गठबन्धनमा सामेल साना दललाई समेत भाग पुग्नेगरी राजदूत नियुक्ति प्रक्रिया बढाउने भएको हो । प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयसँग हात खाली रहेका र ६ महिनाभित्र खाली हुने दूतावासको सूची र हरेक मुलुकका राजदूतको पारिश्रमिक र भत्ताको वर्गीकरण माग गरेको थियो ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले सरकारको प्राथमिकतामा परेकाले राजदूत नियुक्तिका बारेमा छलफल भइरहेको जानकारी दिए ।