गुरुङ समुदालयले तमु ल्होसार मनाउँदै

काठमाडौं, १५ पुस ।

गुरुङ समुदायको मौलिक पर्व तथा नयाँ वर्ष आज धुमधामसँग मनाईदै छ ।

गुरुङ समुदायले मान्यजनबाट आशिर्वाद लिएर नाचगान सहित रमाइलो गरेर ल्होसार मनाउने गर्छन् ।

प्रत्येक वर्ष १२ युग परिवर्तन हुने र यस्ता परिवर्तन हुने वर्षलाई १२ वटा जीवजन्तुको प्रतीकका रुपमा लिइने चलनअनुसार तमु ल्होसार मनाउने परम्परा छ ।

तमु ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक विदा समेत दिएको छ ।

यो पर्वमा मान्यजनहरुको आशिवार्द लिने र शुभकामना आदानप्रदान गरिने, राम्रो लगाउने, मीठो खाने प्रचलन समेत छ ।