एकै परिवारका ४ जना मृत भेटिए

पोखरा, १५ पुस

पोखरा उपमहानगरपालिका –१४ स्थिति  घरमा एकै परिवारका चार जना मृत भेटिएका छन् ।

घरमुली सीता फालमगर, उनका १० वर्षका छोरा सीमान्त फाल मगर, आमा गंगाकुमारी र दिदीकी छोरी बसन्ती रानामगर मृत अवस्थामा भेटिएका हुन् ।

छिमेकीले खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको छ । घटनाको कारण भने खुल्न सकेको छैन ।

गएराती घटना भएको प्रहरीले जनाएको छ । परिवारमा भएका सवै सदस्य मृत भेटिएका छन् । घरमुली सीताका पति भने बैदेशिक रोजगारका क्रममा  इजरालमा रहेको छिमेकीले जनाएका छन् ।