कामका लागि विदेश जाने सुदूरपश्चिमेलीको कथामा चलचित्र बन्ने

धनगढी, १४ पुस ।

कामको खोजीमा विदेशीने सुु्दुरपश्चिेमली युवाहरुको कथामा आधारित नयाँ चलचित्र बन्ने भएको छ ।

धनगढी घर स्थायी घर भएर विगत १० वर्षदेखि डेनमार्कमा रहँदै आएको भुवन भट्टले वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक जाने सुदूरपश्चिमेली युवाहरुको कथा समेटिएको लाहुरे नामको चलचित्र बनाउन लागेका हुन् । ।

गोल्डेन हिल्स पिक्चर्सको व्यानरमा वन्ने चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गर्ने छन् । गैरआवासीय नेपाली संघ डेनमार्कका उपाध्यक्ष समेत रहेका भट्ट चलचित्र निर्माण गर्नका लागि धनगढी पुगेका छन् ।

चलचित्रमा सुदुरपश्चिमका देउडा गीतहरुसँगै यस क्षेत्रमा वोलिने भाषाको समेत प्रयोग गरिने निर्माण पक्षले जनाएको छ ।

आगामी वर्षको मार्चको अन्तिमतिर छायाकंन हुने चलचित्र डडेल्धुरा कैलाली कञ्चनपुर हुँदै डेनमार्क लगायतका युरोपियन देशहरुमा सुटिङ गरिनेछ ।

सुदुरपश्चिमको कला संस्कृतिलाई चिनाउनका लागि पनि चलचित्र मार्फत अभियान सञ्चालन गरेको निर्माता भट्टले बताए । चलचित्रका कलाकारको भने टुङ्गो लागेको छैन ।