गड्डाचौकी नाकाबाट डेढ सय बढी चेलबेटीको उद्दार

महेन्द्रनगर, १४ पुस ।

गएको १ वर्षमा पश्चिमी सीमानाका गड्डाचौकीबाट बिक्रीका लाग भारत लग्न खोजिदै गरेको अवस्थामा डेढ सय भन्दा युवती तथा महिलाको उद्दार गरिएको छ ।

चेलीबेटी बेचबिखन विरुद्ध कार्यरत गैरसरकारी संस्था माईती नेपालले सन् २०१५ मा १ सय ५८ जना चेलीबेटीको उद्दार गरेको हो ।

माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले उद्दार गरिएका सवैलाई परिवारमा पुनस्र्थापना गरिएको बताइन् ।

संयोजक भट्टका अनुसार गत बैशाख १२ मा गएको महाभूकम्प चेलीबेटी बेचबिखनका लागि पश्चिमी नाका गड्डाचौकी सवैभन्दा बढी प्रयोग भएको हो ।

गत वर्षको तुलनामा गड्डाचौकीबाट उद्दार हुने महिला तथा वालवालिकाको संख्या ७२ ले बढी छ । गत वर्ष माईती नेपाल कञ्चनपुरले गड्डाचौकी नाकाबाट ८६ जना उद्दार गरेको थियो ।

भूकम्प प्रभावित क्षेत्र सिन्धुपलान्चोक, नुवाकोट, काठमाण्डौ, लगायतका जिल्लाहरुका महिलाहरु बढि बेचबिखनको जोखिममा छन् । यस्तै माईती नेपाल कञ्चनपुरले भारतमा बेचिएका १५ जनाको उद्दार गरि घर पठाएको छ ।

मोवाइल फोनको, दुरुपयोग, गरिबी, अशिक्षा, देखासिखिका कारण पनि बेचबिखन जोखिम बड्दै गएको छ । १३ वर्ष देखि १८ बर्ष्भित्रका महिला बढि जोखिममा परेको पनि प्रतिबेदनमा उल्लेख छ ।

दलालले भूकम्प पीडितका परिवारलाई बैदेसिक रोजगारी दिने प्रलोभन देखाई भारत हुदै किर्गिस्तान र ओमान जाने भन्दै बिक्रि गर्ने गरेको माइती नेपाल कञ्चनपुरले जनाएको छ ।