योङ् पिकासोको गाउँ गाउँको कला अब काठमाडौँमा

पुस १३ काठमाडौँ–कलाको विकास गाउँबाटै हुनुपर्छ भन्दै गाउँ गाउँमा कलाको खोजीमा लागेको कला क्षेत्रमा समर्पित योङ् पिकासो संस्थाले संकलन गरेका केही चित्रकलालाई काठमाडौँमा प्रदर्शनी गर्दैछ ।

मंगलबारदेखि बबमहलस्थित नेपाल कला परिषदमा चार दिनका लागि उक्त चित्रकला प्रदर्शनी हुने भएको संस्थाका निर्देशक अजय देशारले जानकारी दिए ।

आर्ट वाकाथन समेत संचालन गरिसकेको उक्त संस्थाले सोही अवधिमा तयार पारेका चित्रकलालाई प्रदर्शनी गर्न लागेको हो । पहिलो चरणको कार्यक्रम भएकाले काठमाडौँ उपत्यकामा गरिएको बताउँदै निर्देशक देशारले भने अब यो यात्रा उपत्यका बाहिर पनि जानेछ ।

काठमाडौँका साथै ललितपुरका विभिन्न स्थानमा गएर त्यहाँका स्थानीय कलाकारलाई मौका दिई प्रत्यक्ष रुपमा कोर्न लगाएको चित्रलाई नै संकलन गरिएको उनले बताए ।
चित्रकलामा विशेष गरी ल्यान्डस्केप चित्रलाई प्राथमिकता दिएर तयार पारिएको छ ।