पहिरोपीडितको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ– प्रधानमन्त्री ओली

पुस १३, काठमाडौ–प्रधानमन्त्री केपी ओलीले डोटीका पहिरोपीडितका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेकपा (एमाले) पार्टी कार्यालयमा डोटी जिल्लाका सांसदहरुसँगको भेटमा उनले पहिरोपीडित जनतालाई राहत दिन, पुनःनिर्माणको काम अघि बढाउन र भत्किएका संरचनाको सन्दर्भमा वैकल्पिक व्यवस्था गर्न तत्काल आफूले सम्बन्धित निकायलाई निर्देशन दिने बताएका हुन् ।

डोटीको सर्वदलीय प्रतिनिधिमण्डलले गएको साउन २५ गतेको भीषण वर्षा र पहिरोले जिल्लाका डौड र तोलेली गाविसका विभिन्न क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति पु¥याएको, सिँचाइका कुलो, विद्यालय भवन, तटबन्ध, सडक, झोलुङ्गे पुल क्षतिग्रस्त भएको जानकारी गराएको थियो ।