माहुरी पालनबाट आयआर्जनको ढोका खोल्दै मुक्त कमैया

पुस १३, धनगढी–धनगढी उपमहानगरपालिका–१७ धुर्जन्ना मुक्तकमैया शिविरकी मुक्त कमैया बिन्द्रादेवी चौधरीले अब माहुरी पालन गरेर आम्दानी गर्ने नयाँ बाटो रोजेकी छन् ।

कमैया मुक्तिपछिका दिनमा ज्याला मजदुरी वा घरको चुलोचौकामै सीमित रहने बिन्द्रादेवी घरमा बसीबसी आम्दानी गर्न सकिने देखिएपछि आपूm माहुरी पालनमा लागेको बताउँछिन् । “हाम्रो लागि जीविकोपार्जन गर्न ज्याला मजदुरी गर्नु वाहेक अन्य कुनै विकल्प थिएन,” उनले भनिन्, “तर अहिले घरमा बसीबसी आयआर्जन गर्न सकिने व्यवसायका रुपमा माहुरी पालन देखिएपछि यसमा लागेको छु ।”

धुर्जन्ना मुक्त कमैया शिविरका अर्का मुक्त कमैया बर्खुप्रसाद चौधरी पनि माहुरी पालन व्यवसायप्रति आकर्षित भएका छन् । धेरै लगानी र  मेहनतबिना पनि प्रतिफल रामै्र पाइने देखिएपछि आपूmहरूका लागि माहुरी पालन निकै उत्तम व्यवसाय रहेको अनुभव उनले सुनाए । धुर्जन्ना मुक्त कमैया शिविरका १० मुक्त कमैया परिवारले यो व्यवसाय सुरु गरेका छन् ।

कमैया प्रथा उन्मूलन समाज कैलालीको आर्थिक र प्राविधिक सहयोगमा यी मुक्त कमैया परिवारले केही महिनादेखि माहुरी पालन व्यवसाय सुरु गरेका हुन् ।

समाजका अध्यक्ष वसन्ती चौधरीले मुक्त कमैयाको जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले धुर्जन्ना मुक्त कमैया शिविरका १० घर परिवारलाई प्रतिपरिवार रु १५ हजारका दरले सहयोग गरिएको बताइन् ।

सरकारी निकायका अलावा मुक्त कमैया समाजबाट सहयोग प्राप्त हुँदा जीविकोपार्जन गर्नमा केही हौसला बढेको मुक्त कमैयाले बताएका छन् ।
आयआर्जन गर्न माहुरी पालनमा गरिएको सहयोगले जीवन यापन थप सहज हुने विश्वास मुक्त कमैया कमैया भागादेवी राना व्यक्त गर्छिन् ।

माहुरी पालनका लागि मुक्त कमैया समाजले व्यावसायिक योजनासहित तालिमसमेत प्रदान गरेको थियो । जिल्लाका मुक्त कमैयालाई जिल्ला भूमिसुधार कार्यालयमार्फत विभिन्न सिपमूलक र आयमूलक तालिमसमेत संचालन हुँदै आएको छ ।