प्रधामन्त्री ओली र एमाओवादी अध्यष दाहालबीच वार्ता

पुस १२, काठमाडौं — मुलुकको पछिल्लो राजनीतिक अवस्था र संसदको गतिरोध अन्त्यका विषयमा प्रधानमन्त्री केपी ओली र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवम् एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच आज बालुवाटारमा वार्ता हुँदैछ ।

वार्तामा संसदको गतिरोध अन्त्य र निकासका विषयमा छलफल हुनेछ भने मधेसी मोर्चाका माग पूरा गर्ने विषयमा छलफल गर्दै आउनुभएका अध्यक्ष दाहालले कांग्रेस र मोर्चासँग भएको सम्वादका विषयमा पनि परामर्श गर्ने बुझिएको छ ।

अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीसँग गर्ने सम्वाद र वार्तापछि कांग्रेस र मधेसी मोर्चासँग परामर्श गर्नुहुनेछ ।