संसदमा संविधान संशोधनसम्बन्धित विधेयकमाथि छलफल हुने

पुस १२, काठमाडौं— व्यवस्थापिका संसदको आजको बैठकमा संविधान संशोधनसम्बन्धी विधेयकमाथि छलफल सुरु हुने भएको छ ।

सरकारले संसदमा पेश गरेको विधेयकमाथि आजदेखि छलफल गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ ।

यता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुका माग सम्बोधन नभएकाले आजको बैठक पनि अबरोध गर्ने तयारी भएको बताए ।
मधेसी मोर्चाका नेता तथा सद्भावना पार्टीका महासचिव मनीष सुमनले आजको बैठक सूचना टाँस गरेर स्थगित गर्ने विषयमा प्रमुख दलहरुबीच छलफल चलिरहेको बताए ।