नेपाल र भारत भिड्दै

पुस १२, काठमाडौँ । दक्षिण एसियाली फुटबल प्रतियोगिता(साफ च्याम्पियनसिप)अन्तर्गत नेपाल र आयोजक भारतबीचको खेल आज हुंदैछ ।

भारतको केरलास्थित त्रिवेन्द्रममा नेपालले आज साँझ आफ्नो समूहको अन्तिम खेल भारतसँग खेल्दैछ ।

पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ०–१ गोल अन्तरले पराजित हुँदै उसलाई तीन अङ्क सुम्पियो । त्यस्तै, भारतले श्रीलङ्कामाथि २–० को स्पष्ट नतिजा निकाल्दै समान तीन अङ्क जोडेर गोल अन्तरका आधारमा समूहको शीर्षस्थानमा छ ।

भारतसँगको हारका बाबजुद श्रीलङ्काको सेमिफाइनल पुग्ने सम्भावना भने जीवित छ । अर्कोतिर, पहिलो हारले नेपालको सेमिफाइनल यात्रा कठिन भएपनि असम्भव भने छैन । नेपालले आजको खेलमा भारतलाई हराउँदा मात्र सेमिफाइनल यात्रा सुरक्षित छ । तर, प्रतियोगिताकै दाबेदार मानिएको टोली भारतलाई उसकै मैदानमा हराउन नेपाली खेलाडीर्ले  पुराना गल्ती सुधार्दै मैदानमा उत्रन जरुरी छ ।