मङ्सिरमा एक सय ४७ महिला हिंसामा

पुस १२, काठमाडौँ ।

महिला पुनः स्थापना केन्द्र(ओरेक) को तथ्याङ्कअनुसार गत मङ्सिर महिनामा मुलुकभरका करिब १४७ महिला हिंसामा परेका छन् ।
केन्द्रले प्रत्येक महिना सार्वजनिक गर्ने प्रतिवेदनमा उल्लेख भएअनुसार गत महिना केन्द्रमा दर्ता हुन आएका घटना र विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारमा आधारमा उक्त तथ्याङ्क बाहिर आएको हो ।
सो प्रतिवेदनअनुसार ५६ प्रतिशत महिला तराई क्षेत्रका, ३३ प्रतिशत पहाडी क्षेत्रका र ११ प्रतिशत महिला हिमाली क्षेत्रका हिंसामा परेको देखिएको छ ।
तथ्याङ्कले गत कात्तिक महिना हिंसामा परेका महिलाको सङ्ख्याभन्दा मङ्सिर महिनामा ९ प्रतिशतले वृद्धि भएको देखाएको छ ।