ढोकाबाट खसेर बसका साहुको मृत्यु

चितवन, १० पुस ।
जिल्लाको पटिहानीमा बसको ढोकाबाट खसेर गाडी साहुको मृत्यु भएको छ ।

माडीबाट नारायणगढ आउँदै गरेको ना५ख १०८७ नम्बरको बसको ढोकाबाट खसेर साहु सामु भरतपुर– १२ का ४५ वर्षीय विष्णुप्रसाद सापकोटाको गएराती मृत्यु भएको हो ।

प्रहरीका अनुसार गएराति भएको उक्त दुर्घटनामा गम्भीर भएका सापकोटाको उपचारका क्रममा भरतपुर मेडिकल कलेजमा मृत्युभएको हो ।

उनको शव अहिले भरतपुर अस्पतालमा राखिएको छ । गाडीका चालक र सहचालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।