रंगमञ्चमा ‘उल्टो’

पुस, ९ काठमाडौँ ।
महिलाले गर्ने घरेलु काम पुरुषले गर्ने अनि घर बाहिरको आर्थिक आयआर्जनको काम महिलाले गर्दा कस्तो देखिएला तरु
यसै विषयवस्तुलाई कथामा ढालेर नाटक ‘उल्टो’ तयार पारी मञ्चन गरेका छन् काठमाडौँ युनिर्भसिटी स्कुल अफ म्यानेजमेन्ट९कुसुम० का विद्यार्थीले बत्तिसपुतलीस्थित शिल्पी थियटरमा ।

विगत ८ दिनदेखि चलिरहेको कलेज थियटर फेस्टीवलमा वर्तमान परिपेक्षमा लैङ्गिक समानता तथा महिला समानताका मुद्दाले सडकदेखि संसद्सम्ममा बहस ल्याउन सफल विषयलाई उठान गरेको छ ।

याङ्की शेर्पाको निर्देशनमा तयार भएको सो नाटकमा घरेलु काम पुरुषले गर्ने र पुरुषको भुमिकामा महिलाले अभिनय गरेका छन् । नाटकको प्रस्तुतीमा यिनै दृश्य केन्द्रित गरिएको छ । कलात्मक र व्यङ्ग्यात्मक रुपमा पस्किएको नाटकले व्यवहारमा आइपुग्दा कस्तो देखिँदो रहेछ भन्ने अनुभुति दिलाएको थियो । ‘हामीले महिला समानता कुरा धेरै गर्छौँ तर व्यवहारमा कस्तो हुँदो रहेछ त त्यसैलाई अनुभव गराउन यो नाटक पस्किएको हुँ’–निर्देशक शेर्पाले बताइन् ।

फेस्टीवलमा अब रत्नराज्य लक्ष्मी क्याम्पसको ‘कालो छाया’ र एक्मी इन्जिनियरिङ् कलेजको ‘खड्कसिंहको खडा हुँदैन’ नाटक मञ्चन हुनेछ । फेस्टीवलको अन्तिम दिन उत्कृष्ट नाटक र उत्कृष्ट प्रस्तुतीका लागि दुई नाटकलाई पुरस्कृत गरिनेछ ।