सोनाक्षी बनिन् गायिका

बलिउड नायिका सोनाक्षी सिन्हा पनि अब गायिका बनेकी छिन् । उनले हिपहप स्टाइलको आज मुड इश्कोहोलिकु बोलको गीत रिलिज गरेसँगै नायिकाका साथै गायिकाको पहिचान समेत थपेकी छिन् ।

उनले गाएको गीत कुमारले लेखेका हुन् भने यसमा संगीत मिट ब्रदर्सले भरेका छन् ।

बलिउडमा राम्रो अभिनयका साथै सुरिलो स्वरका धनी नायिकामा प्रियंका चोपडा, आलिया भाट, श्रद्धा कपुरले गायिकाको रुपमा आफूले उभ्याइसकेका छन् ।