सुँडेनीले लापरवाही गर्दा स्थानीय महिला ओडारको बासमा

पुस, ९ जाजरकोट ।

पाठेघरमा असर परेपछि दिमागको सन्तुलन गुमाएर लहँ–८ लबिसाकी एक महिला विगत पाँच वर्षदेखि जंगलको ओडारमा बास बस्न बाध्य छन् ।

गर्भवती भएपछि बच्चा जन्माउन नसक्दा गाउँघरकै सुँडेनीले हात हालेर बच्चा निकाल्दा स्थानीय कालिका खड्काको पाठेघर फुटेको स्थानीय बताउँछन् ।

समयमै उपचार पाउन नसकेपछि शारीरिक अवस्था बिग्रँदै गई कालिकाले मानसिक सन्तुलन गुमाएको स्थानीयवासी प्रतिभा खड्काले बताईन् । ‘उनले पिसाब एक सेकेन्ड पनि रोक्न सक्दिनन्, जतिबेला पनि उनको पिसाब बगिरहन्छ,’ प्रतिभाले भनिन् ।

अचेत अवस्थामै बोल्ने कालिकाले आफूलाई सबैभन्दा बढी टाउकोमा असर परेको बताउँछिन् ।