काभ्रेपलाञ्चोकबाट १० हजार वितरण सुरु

पुस, ९ बनेपा ।
चिसो बढेपछि भूकम्पपीडितका लागि न्यानो कपडा किन्न सरकारले काभ्रेपलाञ्चोकबाट १० हजार रुपैयाँ वितरण गर्न सुरु गरेको छ ।

जिल्लाको ढुङ्खर्क गाविसमा न्यानो कपडाका लागि झन्डै दुई सय भूकम्पपीडितलाई १० हजारका दरले २० लाख रुपैयाँ वितरण सुरु भएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले विगतमा भूकम्पपीडितले आवासका लागि लिएको पेस्की फछ्र्योट गरेका गाविसमध्ये पहिलोपटक सो गाविसबाट जिल्लामा न्यानो कपडाका लागि १० हजारका दरले रकम वितरण भएको बताए ।

उनका अनुसार तत्काल अति प्रभावित चार गाविसमा थप रकम वितरण गरि एक साताभित्रै सवै गाविसमा रकम वितरण गरि सक्ने लक्ष्य लिइएको छ ।