काठमाडौंको तापक्रम शुन्य डिग्री

पुुस, ८ काठमाडौं ।
राजधानी काठमाडौंको तापक्रम बुधबार शुन्यमा झरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो दुुई वर्ष यताकै यो न्यूूनतम तापक्रम हो ।

बुधबार विहान ८ः४५ मा काठमाडौंको न्यूनतम तापक्रम ०.९ डिग्री सेल्सियस रेकर्ड भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् सुमीर श्रेष्ठका अनुसार गत वर्षको न्यूनतम तापक्रम १.४ डिग्री सेल्सियस मापन भएको थियो ।

पछिल्लो दुई सातामा लगातार तापक्रम घटिरहेको छ । ‘राजधानीको तापक्रम दुई हप्ताअघि ६ डिग्री थियो । यो लगातार घटेर ०.९ मा आइपुगेकाले धेरै जाडो महसुस भएको हो’ श्रेष्ठले भने ।

मौसमविद् सुमीर श्रेष्ठका अनुसार दिउँसो बादलकाु टुक्राहरु नदेखिएकाले राति जमिन सेलाउन मदत गर्छ, जसले विहानको समयमा तापक्रम न्यूनमत हुन सहयोग गरेको छ । अर्को वायू प्रदुषणका कारण घामको किरण सिधा नआइपुग्ने भएकाले पनि धेरै जाडो महसुस हुने गरेको छ ।

महाशाखाका अनुसार काठमाडौंमा अहिलेसम्मकै न्यूनतम तापक्रम माइनस २ सम्म मापन भएको रेकर्ड छ ।