मधेशी मोर्चाुका माग बुुझ्न गाह्रोः पौडेल

पुुस, ८ महेन्द्रनगर ।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेशी मोर्चाले स्पष्ट रुपमा माग नराखेकाले वर्तमान राजनीतिक गतिरोध लम्बिरहेको बताएका छन् ।

काँग्रेसले वर्तमान संकट समाधानका लागि अग्रसरता लिइरहेको पौडेलेको भनाई छ र्। मधेशी मोर्चाका केहि माग बुुझ्नै नसकिने खालका छन्,’ पौडेलले भने, ‘मोर्चाका माग प्रस्ट नभएकाले समस्या समाधानमा ढिलाई भइरहेको हो ।’

नेपाल प्रेस युनियन कञ्चनपुरले बुुधबार बिहान सदरमुकाम महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सङ्कट समाधानका लागि काँग्रेसको अग्रसरता आवश्यक रहेको बताए ।

‘आन्दोलनरत मोर्चा र काँग्रेसबीच छलफल भइरहेको छ,’ पौडेलले भने, ‘तर मोर्चाले आफ्ना माग स्पस्ट रुपमा राख्न सकेको छैन ।’
संविधानभन्दा बाहिर कोही नभएको उनको भनाइ छ । आन्दोलनरत मोर्चासँग देशलाई अस्तव्यस्तताको स्थितिबाट मुक्त गराउन समेत उनले आग्रहसमेत गरे ।