डीएसपीको पेस्तोल खोज्न छानवीन समिति

पुुस, ८ काठमाडौं ।

काठमाडौंको चाल्नाखेलस्थित एभरेष्ट ग्यासको डिपोमा भएको घटनामा हराएको पेस्तोल खोज्न तीन सदस्यीय छानवीन समिति गठन भएको छ ।
ग्याँस नपाएको झोकमा मंगलबार स्थानीयले चाल्नाखेलस्थित एभरेष्ट ग्यासको डिपोमा स्थानीयले तोडफोड गरेका थिए । घटना नियन्त्रण गर्ने क्रममा कीर्तिपुर प्रहरी प्रमुुख डीएसपी टिकाबहादुर केसीको पेस्तोल हराएको थियो ।

 

घटनाको छानवीन तथा पेस्तोल खोज्न तीन समिति गठन गरिएको प्रहरी स्रोतले जनाएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयका एआईजी प्रतापसिंह थापाको निर्देशनअनुसार डिआइजी मधु पुडासैनीको नेतृत्वमा छानवीन समिति गठन भएको हो ।

 

समितिमा पुडासैनीसहित एसएसपी सर्बेन्द्र खनाल र एसपी विश्वराज पोख्रेल छन् । समितिलाई छानवीन गरी प्रतिवेदन बुझाउन ७ दिनको समयसीमा दिइएको छ । यसैबीच कीर्तिपुर वृत्तका डीएसपी केसीलाई काठमाडौं प्रहरी परिसरमा तानिएको छ ।