मकवानपुरमा ट्रान्सर्फमर पड्किएर गाउँभर हाइभोल्टेज प्रवाह, २ को मृत्यु

मंसिर २३, मकवानपुर – मकवानपुरको हाँडीखोला तीन मसिनेमा विद्युत ट्रान्सर्फमर पड्कँदा दुई जनाको मृत्यु भएको छ ।

हाँडीखोलमा रहेको ट्रान्सर्फमर पड्केर गाउँभरी करेन्ट लाग्दा घरमा रहेको सर्वसाधारणलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर घाइते अवस्थामा उपचारका लागि ल्याइएका सात जना मध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा हाँडीखोला चार बस्ने १७ वर्षकी शर्मिला र अन्दाजी ६० वर्षकी ठूलीमाया मोक्तान रहेका छन् ।