प्रदेशको सीमांकन हेरफेर गर्न कांग्रेस तयार

मंसिर २३ , काठमाडौं – कांग्रेस सभापति सुशील कोइरालाले प्रदेशको सीमांकन हेरफेर गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । उनले सर्त नराखी वार्तामा आउन मधेशी मोर्चालाई आग्रह गरेका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा कोइरालाले सबभन्दा ठूलो दलका नाताले मधेश आन्दोलन सम्बोधन गर्नु कांग्रेसको जिम्मेवारी भएको भन्दै आफ्नो पार्टी सीमांकन हेरफेरका लागि तयार रहेको बताए ।

उनले कांग्रेसबाहेकका अन्य दलहरू पनि सीमांकन हेरफेर गर्न लचिलो रहेको भन्दै बिना सर्त वार्तामा आउन मोर्चाका नेताहरूलाई आग्रह गरे । कान्तिपुर दैनिकमा समाचार छ ।