भूकम्पपीडितका नाममा थप चार लाख बढी येन

मंसिर १, काठमाडौँ – जापानस्थित नेपाली राजदूतावासले प्रधानमन्त्री दैवीप्रकोप उद्धार समितिमा सोमबार चार लाख ६४ हजार जापानी येन पठाएको छ ।

राजदूतावासका अनुसार सो रकमसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार समितिमा ५९ करोड ९८ लाख ४४ हजार ९८ जापानी येन पठाइएको छ । राजदूत डा मदनकुमार भट्टराईले नेपालको पुनःनिर्माणमा जापानको नेपाली समुदाय आर्थिक तथा प्रत्यक्ष रुपमा सहयोग गर्न इच्छुक रहेको बताउनुभयो ।