आपूर्तिमन्त्री पुनको बिषयमा मन्त्रालय बेखबर, बजारमा मौलायो लुटतन्त्र

मंसिर १, काठमाडौँ – आपूर्ति मन्त्रि गणेशमान पुनको बारेका मन्त्रालय बेखबर रहेको छ ।

उनी तेल व्यापारीको साथ लागेर हङकङ गएको पत्तो लागे पनि मन्त्रालयका अधिकारी एवं उनकानिजी सहयोगीहरुलाई यसबारे जानकारी छैन । पुन यतिबेला अर्ध भूमिगतजस्तै चीनमा रहेको अनौपचारिक जानकारी आएपनि मन्त्रालयका कर्मचारी भने बेखबर छन् ।
देशमा आपूर्ति व्यवस्था तहस-नहस भएका बेला मन्त्री यसरी देशवासीलाई सूचना नै नदिई अलप हुनुले उनको गैरजिम्मेवारीपन झल्किएको छ ।
मुलुकले असहज परिस्थिति झेलिरहेका बेला आफूर्ति मन्त्रालयले सक्रियता देखाउनुपर्नेमा कहाँ गएको भन्नेसम्म जनतालाई जानकारी नगराई मन्त्रीको विदेश भ्रमणले कालो बजारियाहरुलाई स्वर्णयुग आएजस्तै भएको छ अहिले ।
बजारमा यतिबेला विगतमा कहिल्यै नभएको लुटतन्त्र मौलाएको छ । यस्तो बेलामा आपूर्ति मन्त्री, उनको मन्त्रालय, वाणिज्य विभाग र आयल निगम पूर्णरुपमा असक्षम र निकम्बा सावित भएको छ ।