छठको अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना

मंसिर १, काठमाडौँ – छठ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिएकी छन् ।

राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको प्रभावकारी कार्यान्वयन गरी समृद्ध राष्ट्र निर्माण गर्न हातेमालो गर्दै अगाडी बढ्न प्रेरणा मिलोस् भन्ने कामना गरिएको छ ।
छठी माताले सबै नेपालीको उत्तरोत्तर प्रगतिको कामना गर्ने विश्वाससमेत राष्ट्रपतिले व्यक्त गरेकी छन् ।