प्रधानमन्त्रीको सम्बोधनले तातेको अन्तराष्ट्रिय मिडिया

कार्तिक ३०, काठमाडौँ – भारतीय नाकाबन्दी खुलाउन प्रधानमन्त्री केपी ओलीले गरेको आग्रहरलाई अन्तराष्ट्रिय समाचार माध्यमले पनि प्राथमिकता दिएका छन् ।

प्रधानमन्त्री ओलीले नाकाबन्दी खुलाउन भारतसमक्ष गरेको आग्रहलाई बीबीसी हिन्दीको अनलाईन संस्करणले पहिलो पेजमै पोष्ट गरेको छ । भारतीय नाकाबन्दीले चरम मानवीय संकट पैदागरेको भन्दै इन्धन, औषधी लगायत अत्यावश्यकीय बस्तुको आयत सुचारु गर्न आग्रह गरिएको समाचार छापिकएको छ ।

अमेरिकाको एबीसी न्युजले पनि प्रधानमन्त्रीको सम्वोधन सम्वन्धी समाचार प्रकासित गरेको छ । उसको अनलाईन संस्करणमा नाकबन्दी खुलाउन भारतलाई आग्रह गरेको समाचार पोष्ट भएको छ । चिनियाँ समाचार संस्था सिन्हुवाले काठमाडौ पोष्टको समाचारलाई  उदृत गर्दै समाचार प्रकासित गरेको छ ।

इन्डीयन एक्प्रेसले पनि प्रधानमन्त्री ओलीको सम्वोधनलाई प्राथमिकता दिएको छ । वेलायत र भारतले जारी गरेको संयुक्त विज्ञप्तिप्रति नेपालले जनाएको आपत्तिलाई पनि इन्डीयन एक्प्रेसले छापेको छ ।