जनतालाई दु:ख दिएर कसैको भलो हुदैन – देउवा

कार्तिक २९, काठमाडौँ – नेपाली कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले नाकाबन्दीलाई सहयोग पुग्ने गरि मधेसमा भएको आन्दोलनले कसैको भलो नगर्ने बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिद्वारा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले देशभरका आमनागरिकलाई दु:ख दिने आन्दोलनबाट मधेस र मधेसी जनताको पनि जित नहुने बताए ।
देउवाले चित्त नबुझेका कुरामा वार्ताको माध्यमबाट समस्या समाधान गरेर निकास खोज्न मधेसवादी दललाई आग्रह गरे । भारतले गरेको नाकाबन्दी कुनै हालतमा जायज नभएको बताउँदै उनले भारतलाई आपूर्तिमा सहज गरिदिन आग्रह समेत गरे । आजको कान्तिपुर दैनिकमा खबर छ ।