जनताका नाममा प्रधानमन्त्रीको विशेष घोषणा आज नहुने

कार्तिक २४, काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा गर्ने भनिएको सन्देश समय अभाव र तयारी अपुगका कारण नहुने भएको छ ।

ओलीले आफू प्रधानमन्त्री निर्वाचित भएपछिको संकटपूर्ण अवस्था र आफूले गर्न लागेका प्रमुख कामहरुको बारेमा जनतालाई जानकारी गराउने बताएका थिए । आज देशबासीका नाममा सम्बोधन आउने सम्भावना कम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए ।
प्रधानमन्त्रीले वर्तमान संकटको समाधान र भूकम्प पीडित जनताको पक्षमा विशेष घोषणा गर्ने तयारी भइरहेको छ । ओलीले जनतालाई पालमुनिबाट छानो मुनि ल्याउन विशेष कार्यक्रम ल्याउने बताइसकेका छन् ।
जनताले संकटको बेला राष्ट्रिय स्वाधीनताको पक्षमा देखाएको संयम र धैर्यलाई सरकारले उच्च सम्मान गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बताए ।