सरकार र मधेसी मोर्चाबीच आज पनि वार्ता हुँदै

कात्तिक १५ ,काठमाडौं -सरकार र मधेसी मोर्चाबीच आज वार्ता हुँदैछ । आज हुने तेस्रो चरणको औपचारिक वार्तालाई निर्णायक बनाउने गरि दुवै पक्षबीच छलफल हुँदैछ । मधेसी मोर्चाले वार्तामा अन्तिम अडान राख्नेछ भने सरकारले संघिय सीमाका विषयमा साझा खाका पेश गर्ने तयारी गरेको छ । मोर्चाले वार्तामा सीमांकनको मार्गचित्रसहित वार्तामा आउन सरकारी टोलीलाई आग्रह गरेको छ । सरकारले सीमांकनका विषयमा आयोग बनाएर जानुपर्ने बताएको छ भने मोर्चाले आयोग स्वीकार गर्न नसकिने बताएको छ । आज दुवै पक्षको अडानका बिचबाट वार्ता हुने र निकासको प्रयास गरिने सरकारी वार्ता टोलीका सदस्य विना विभागीय मन्त्री रामजनम चौधरीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार वार्ता दिउँसो ४ बजे संघिय समाजवादी फोरमको कार्यालयमा हुने तय गरिएको छ । मोर्चाले आजको वार्तामा लचक भएर प्रस्तुत हुने जनाएको छ । हिजो अबेर रातीसम्म भएको छलफलले आजको वार्ता निर्णायक बनाउनुपर्ने निष्कर्ष पनि निकालेकोजनाएको छ । आज मन्त्रिपरिषद् विस्तारको तयारी प्रधानमन्त्री केपीशर्मा ओलीले आज मन्त्रिपरिषद विस्तारको तयारी गर्नु भएको छ । तर अहिलेसम्म मन्त्रीको टुङ्गो लागि नसकेकाले यकिन भने भइसकेको छैन । बिहान एमाले शीर्ष नेताहरु बसेर मन्त्रीका विषयमा टुङ्गो लागे बेलुकासम्म मन्त्रिपरिषद विस्तार गरिने एमालेले जनाएको छ ।

एमालेका बरिष्ठ नेता झलनाथ खनालले बिहानको बैठकले मन्त्री र मन्त्रालयका विषयमा टुङगो लगाउने दावी गर्नुभयो । उहाँले आज नभए भोलिभन्दा पर नजाने पनि बताउनुभयो । प्रधानमन्त्री चयन भएको भएको २१औं दिन पुगेको छ । हिजो साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको एमालेका शीर्ष नेताहरूको बैठकमा पार्टीकातर्फबाट सरकारमा पठाउने नेताका विषयमा गम्भीर परामर्श भएपनि ठोस निर्णय आउन नसकेकाले आज फेरि बस्न लागेको हो ।