कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

कात्तिक १५ ,काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । आजदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा पार्टी नेतृत्वको कडा आलोचना गर्ने तयारी नेताहरुले गरेका छन् ।

तीन शीर्ष नेताले सही बाटो लिन नसकेको भन्दै कार्यसमितिका अधिकांश सदस्यहरु आक्रोशित छन् । नेतृत्वले स्वार्थ द्धन्द्धका कारण कांग्रेस किनारामा परेको भन्दै केन्द्रीय सदस्यहरुले विरोध गर्ने तयारी गरेका छन् ।