साडेपानी, बौनिया वि र एपिएफ अत्तरीया दोश्रो चरणमा

राजेन्द्र रावल  

कार्तीक १४ , कैलाली – सडकपुर बौनिया युवा क्लबको आयोजनामा भैरहेको दोश्रो वर्द गोरीया सेती लोकमार्ग कप खुल्ला राष्ट्रीय फुटबल प्रतीयोगिता मा शनिबार आज तेश्रो दिनको तिन खेल सम्पन भएका छन । आज भएका खेलहरु जित्दै साडेपानी, बौनिया वि र एपिएफ अत्तरीया दोश्रो चरणमा प्रबेश गरेका छन । आज विहान भएको पहिलो खेलमा वातावरणीय संरक्षण नेपाल टीकापुर लाइ एकका बिरुद्ध तिन गोलगर्दै महेन्द्र स्मृती युवा क्लब साडेपानि विजय भएको हो । महेन्द्र स्मृती युवा क्लब साडेपानि का लागी डम्मर तिवारी ,खेम देउबा,मनोज विष्ट र धिरेन्द्र भण्डाराले १÷१ गोल गरेका थिए भने वातावरणीय संरक्षण नेपाल टीकापुर का तर्फ बाट नरेन चौधरीले १ गोल गरेका थीए  ।
त्यस्तै आज नै भएको दोश्रो खेलमा एनटिसी युवा क्लब मलभंगालाई ० का विरुद्ध २ गोल गर्दै आयोजकको वि टिम पनी दोश्रो चरणमा प्रबेश गर्न सफल भएको छ । आयोजकको वि लाई जिताउन टिम क्याप्टेन प्रकाश साउद र पारस देवलले एक एक गोलको योगदान गरेका थिए । पहिलो हाप सम्म कुनै पनी गोल नभएको खेलमा आयोजकको वि टिमले दोश्रो हापमा दूइ गोल गद्र्रै जित आफ्नो पक्षमा पारेको हो । आजनै भएको अन्तीम तथा निक्ै नै प्रतिस्प्रधात्मक खेलमा नव ज्योति युवा क्लब कौवापुर लाई तिन एक गोल अन्तरले हराउदै एपि एफ अत्तरीया पनी दोश्रो चरणमा प्रबेश गर्न सफल भएको छ । एपि एफ को जितमा भुपेन्द्र बलमे २ र पंकज मणीले एक गोल गरेका थिए । कौवापु्रका लागी एक मात्र शान्त्वना गोल गर्ने खेलाडी बलबहादुर सिजाली थिए ।
भेली चौथो दिन हुने खेलहरुमा मुडा बजार यु्वा क्लब मुडाबजार विरुद्ध नौनिया युवा क्लब , घैला बौनिया युवा क्लब विरुद्ध बेतानी युवा क्लब ठाकुरद्धारा बर्दीया र शिव शक्ती युवा क्लब जोशीपुर विरुद्ध जगन्नाथ युवा क्लब सुखड विच खेल हुने खेल संयोजक विकास मल्लले जानकारी दिएका छन । प्रतीयोतिमा आज उल्लेख्य मात्रामा दर्सकहरु को उपस्थति रहेको थीयो । यही कात्तीक २२ गते सम्म संचालन हुने प्रतीयोगितामा कैलाली र वर्दिका गरी २४ वटा टिमको सहभागीता रहेको छ ।