बदगोरीया , पशुपति र शाहारा दोश्रो चरणमा दिपक थापाको ह्याट्रीक

राजेन्द्र रावल

कार्तीक १३,कैलाली – सडकपुर बौनिया युवा क्लबको आयोजनामा भैरहेको दोश्रो वर्द गोरीया सेती लोकमार्ग कप खुल्ला राष्ट्रीय फुटबल प्रतीयोगिता को दोश्रो दिन तीनवटा खेलहरु सम्मपन्न भयका छन् । आ आफ्ना खेलहरु जित्दै बदगोरीया युवा क्लब झगडपुर ,पशुपति युवा क्लब रानिकुण्डा र शाहारा युवा क्लब पहालमानपुर दोश्रो चरणमा पुगेका हुन् । आज बिान भयको पहिलो खेलमा कालीका युवा क्लब कट्टीपुर लाई सुन्यका बिरुद्घ दुई गोल प्रहार गर्दै बदगोरीया युवा क्लब झगडपुर बिजयी भयको थियो । बिजयी टिमका लागी नृप साउद र सन्तु साउदले समान एक एक गोल गरेका थिय । आज नै भयको अर्का खेलमा शान्तीनगर युवा क्लब रामपुर लाई एक का बिरुद्घ दुई गोल प्रहार गर्दै पशुपति युवा क्लब रानिकुण्डा अर्का चरणमा प्रवेस गर्न सफल भयको हो । पहिलो हाफ सम्म एक एक गोल को बराबरीमा रहेको खेलमा दोश्रो हाफमा थप एक गोल गर्दै पशुपति युवा क्लब विजयी भयको । खेलको सुरुवातमै लियको अग्रता लाई जोगाउन नसक्दा शान्तीनगर युवा क्लब हार स्वीकार्न बाध्य भयको तियो । आज नै भयको अन्तीम खेलमा पुष्पाञ्जली युवा क्लब बचैला लाई सुन्य का बिरुद्घ पाच गोल प्रहार गर्दै शाहारा युवा क्लब पहालमानपुर दोश्रो चरणमा प्रवेस गर्न सफल भयको छ । एक पच्छिय जस्तो देखियको खेलमा शाहार युवा क्लबले निरन्तर अन्तरालमा गोल गर्दै पाच सुन्य को फराकिलो अन्तरको जित नीकाल्न सफल भयको हो । उसको जितमा रेवन चौधरीले एक र बाकी चार गोल दिपक थापाले प्रहार गरेका थिए  ।
भोली तेश्रो पनि तीन वटा खेलहरु संचालन हुने आयोजकले जनायको छ । जसमा महेन्द्र स्मृती युवा क्लब साडेपानि बिरुद्घ वातावरयाी संरक्षण नेपाल , सडकपुर बौनिया युवा क्लब वि बिरुद्घ एन.टि.सि मलभंगा र भोलीको अन्तीम खेलमा ससस्त्र प्रहरी को टिम बिरुद्घ नवज्योती युवा क्लब कौवापुर भिड्नेछ ।
एक लाख प्रथम पुरस्कार रासि रहेको प्रतियोगितामा कैलाली र बर्दीयाका गरी २४ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता यही कार्तिक २५ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । भोलि शुक्रबार हुने पहिलो खेलमा झगडपुर युवा क्लब र कालिका युवा क्लब कट्टीपुर भिड्ने छन ।