रामेछापका धरोहर जगदीश घिमिरेको आज दोस्रो स्मृति दिवस

कार्तिक १४,रामेछाप – तमाकोसी सेवा समिति मन्थलीको आयोजनामा जगदीश घिमिरेको दोस्रो स्मृति दिवस आज सम्पन्न गरिएको छ । कार्यक्रममा बरिष्ठ साहित्यकार , पत्रकार , समाजसेवी एवम तामाकोसी सेवा समिति रामेछापका सस्थापक घिमिरेको तस्बिरमा आयोजक संस्थाका अध्यक्ष एवम कार्यक्रममा सहभागी सम्पूर्णले माल्यार्पण गरि स्वोर्गीय घिमिरेका स्मरणमा मौनधारण गरिएको थियो । ।मन्टिपल माइलोमा क्यान्सर रोगबाट पिडित उहाको देहान्त आज भन्दा दुई बर्ष अगाडी काठ्माण्डौको ओम हस्पिटलमा उपचारको क्रममा मृत्यू भएको थियो ।

त्यसै गरि कार्यक्रममा स्वोर्गीय घिमिरे प्रती श्रदा सुमन ब्यक्त गर्दै, काप्रत्रकार महासंघका पुर्व अध्यक्ष टिका प्रसाद भट्ट,नागरिक समाजका संयोजक रामचन्द्र वियागी, तामाकोसी सहकारी अस्पतालका निर्देशक डाः सुमन कर्मचार्य प्रेस यूनियन रामेछापका अध्यक्ष बद्री नयाँघरे र घिमिरेका भतिजी सिम्रन घिमिरे लगाएलले जगदिश घिमिरेको सम्झनामा कविता प्रस्तुत गर्नु भएको थियो । यसरी कार्यक्रमा कविता प्रस्तुत हुदा कार्यक्रम कुनै एउटा साहित्यीक कार्यक्रम जस्तो भएको थियो भने कार्यक्रमा कविता प्रस्तुत भैरहदा सहभागीहरु भाववीहोल भएको देखिए र अधिकांशको आखाँ समेत रसाएको थियो । सो कार्यक्रमा प्रस्तुत कवितामा जगदिशको ब्यबहार, विचार र उहाको योगदानको चित्रण गरिएको थियो । साथै उँहाको रचनाहरु शकस, अन्तर मनको यात्रा र अन्य कृतीको पनि चर्चा गरिएको थियो । यस्तै कार्यक्रमा जिल्ला स्तरिय राजनितिका दलका नेतहरुले पनि कार्यक्रममा श्रदा ब्यक्त गर्दे नेपाली काग्रेसका क्षेत्र नः१का सभापति लेख बहादुर कार्की , एमाले जिल्ला अध्यक्ष शान्ति प्रसाद पौडेल लगाएत एमाओवादी , राप्रपा नेपालका पार्टी प्रतीनिधिहरुले पनि उहाले देख्नु भएको सपना पुरा गर्न उहाले देखाउनु भएको बाटोमा हिड्नु पर्ने बताउनु भयो । कार्यक्रमा सम्पूर्ण वक्ताहरुले स्वोर्गीय घिमिरे जिल्लाको विकासको अग्रडी ब्यक्तीत्य रहनु भएको बताउनु भएको थियो ।
कार्यक्रम तामाकोसी सेवा समितिको अध्यक्ष गुञ्ज बहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो भने तामाकोसी सहकारी अस्पतालका अध्यक्ष धुर्व प्रसाद सुवेदी, जिल्ला स्थित सम्पुर्ण राजनितिक दलका प्रमुख एवम प्रतिनिधि,पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुङ्गेल एवम सम्पूण संचार माध्यमका संचार कर्मीहरु आयोजक संस्थाका कर्मचारी लगाएतको उपस्थिति रहेको थियो ।