चीनले दिएको पेट्रोल आइतबार काठमाडौं आइपुग्ने

कार्तिक १२, काठमाडौँ – चीनले अनुदानको दिन पेट्रोलको पहिलो खेप आइतबार काठमाडौं आइपुग्ने भएको छ ।

भारतको अघोषित नाकाबन्दीका कारण इन्धनको चरम खेपिरहेको नेपालका लागि चीनले एक हजार मेट्रिकटन अर्थात १३ लाख लिटर पेट्रोल अनुदानमा दिएको छ । यो तेलको पहिलो खेप शनिबारसम्म नेपाल चीनको नाका केरुङमा आइपुग्ने अधिकारीहरुले बताएका छन् ।
चीनले दिन लागेको तेल लिन नेपाली ट्यांकर भोली शुक्रबार चीनतर्फ जानेछ । नेपाल आयल निगमले पहिलो चरणमा १२ वटा ट्यांकरलाई पठाउने निगम प्रवक्ता दीपक बरालले बताए ।
शुक्रबार बिहान ९ बजे १२ बटा ट्यांकरहरु तेल लिन थानकोट डिपोबाट चीनका लागि छुट्नेछ । पहिलोपटक चीनसँग तेल लिँदा कुनै औपचारिक कार्यक्रम भने नगर्ने आयल निगमले बताएको छ ।