राष्ट्रपति विद्याले लिइन् सपथ, रामवरणद्वारा पद हस्तान्तरण

कार्तिक १२, काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीले बिहीबार पद तथा गोपनियताको सपथ लिएकी छन् । शीतल निवासमा भएको विशेष समारोहमा भण्डारीले प्रधानन्यायाधीश कल्याण श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ लिएकी हुन् ।

प्रधानन्यायाधीशले भण्डारीलाई सपथ गराएका हुन् । उनले ईश्वर, देश र जनताको नाममा सपथ लिइन् । लगतै यादवले भण्डारीलाई राष्ट्रपतिको कुर्सी हस्तान्तरण गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई कुर्सी हस्तान्तरण गर्दै पूर्वराष्ट्रपति डा. रामवरण यादव
कुर्सी हस्तान्तरणपछि यादव समारोहबाट विदा भए । भण्डारीले निवर्तमान राष्ट्रपति यादवलाई उठेर विदाई गरेकी छन् । लगतै नेपाली सेनाले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई सम्मान गारथ अर्पण गरेको छ ।