दोश्रो वर्द गोरीया सेती लोक मार्ग कप फुटबल प्रतीयोगिता सुरु उद्घघाटन खेलम आयोजक ९—१ ले विजयी

राजेन्द्र रावल

कार्तिक १२, कैलाली – सडकपुर बौनिया युवा क्लबको आयोजनामा आज बाट दोश्रो वर्द गोरीया सेती लोकमार्ग कप खुल्ला राष्ट्रीय फुटबल प्रतीयोगिता सुरु भयको छ । उद्घघाटन खेल हुनु अघि आयोजक र पत्रकार विच भएको मैत्रीपुर्ण फुटबल खेल भयको थियो जसमा पत्रकारको समुह विजयी भएको छ । आयोजक सडकपुर बौनिया युवा क्लब लाई पत्रकारको समुहले ३ – १ को गोलले पारीजत गर्दै विजयी भयको हो । पत्रकारको समुह बाट कोशेली एफ एमका राजेन्द्र रावलले एक गोल र एपी एफ एमका दिपेन्द्र कडेले र प्रकास सापकोटाले एक–एक गोल गरेका थिए भने आयोजक समुह बाट नरेश खड्काले एक गोल फर्काएका थिए ।

साथै आजै भएको उद्घाटन खेलमा आयोजक सडकपुर बौनिया युवा क्लब ए टिमले नव कोपिला युवा क्लब बछुरीया लाई सुुन्यका विरुद्ध ९ गोल गर्दै अर्को चरणमा प्रबेश गरेको छ । पहिलो हाप सम्म ५ –० ले अगाडी रहेको सडकपुर बौनिया युवा क्लब ए ले दोश्रो हापमा थप चार गोल गर्दै समग्रमा ९ – ० ले विजयि भएको हो । अधिकांश राष्ट्रिय खेलाडी उतारेको सडकपुर बौनिया युवा क्लब ए टिमका लागी निलेश खड्काले ५ , मनिराम चौधरीले ्३ र माधब भण्डारीले एक गोल गरेका थिए । एक लाख प्रथम पुरस्कार रासि रहेको प्रतियोगितामा कैलाली र बर्दीयाका गरी २४ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता यही कार्तिक २५ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । भोलि शुक्रबार हुने पहिलो खेलमा झगडपुर युवा क्लब र कालिका युवा क्लब कट्टीपुर भिड्ने छन ।