शुक्रबार नेपाली ट्यांकर केरुङ जाँदै

कार्तिक १२, काठमाडौँ – नेपाल आयल निगमले इन्धन लोड गर्नका लागि शुक्रबार ट्याङकर केरुङ पठाउने भएको छ ।

निगम र चीन सरकारको स्वामित्वमा रहेका चाइना आयलबीच बुधबार सम्झैता भएपछि पहिलो लटमा १२ ट्यांकर पेट्रोल लिन पठाउन लागिएको हो । सुरुमा चीनले दिने भनेको अनुदानको पेट्रोल ल्याइनेछ ।

‘चीनले अक्टोबर ३१ मा १२ ट्याङकर केरुङ पुर्‍याउन भनेको छ,’ निगमका प्रबक्ता दिपक बरालले भने, ‘यहाँबाट अक्टोबर ३० मा ट्यांकर पठाउने छौं ।’

ढुवानीका लागि निगमले व्यवसायीसँग ट्यांकरको नम्बर, चालक र सह चालकको विवरण पठाइसकेको छ । ४० ट्यांकरको सूचि निगमले बुधबार पठाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।