सेना र प्रहरीले नै गर्छन पेट्रोलियम पदार्थको कालोबजारी

असोज २९, कोहलपुर – नेपाल आयल निगमले पम्पहरुमा उपलब्ध गराएको पेट्रोल प्रहरी र सेनाका सुरक्षकर्मीबाटै कालो बजारी भएको पाइएको छ ।

सर्वसाधारणका लागि मोटरसाईकलमा प्रतिव्यक्ति ५ सय रुपैँयाको मात्रै पेट्रोल वितरण भइरहँदा प्रहरी र सेनाका सुरक्षाकर्मी जर्किन, बोतल र जारमा ओसारी रहेका छन् । प्रहरी पोष्ट र आर्मिको क्याम्पको नाम लिँदै पम्पबाबाट प्रतिलिटर १ सय ३ रुपैँयामा किनेको पेट्रोल बाहिर जिल्लाका आफन्तकहाँ पु¥याएर १ सय ६० रपैयाँसम्म लिएर बिक्रि गर्ने गरेको खुलेको छ ।
सर्वसाधारण पम्प बाहिर घण्टौ लाईन बसि रहँदा सुरक्ष्ाँकर्मी बिना अवरोध जर्किन, बोतल, जारमा पेट्रोल भर्दै ओसारि रहेका हुन्छन् । प्रजिअ वेदप्रकाश लेखकले तेलको कालोबजारी हुन नदिन सचेत रहेको बताए । उनले भने, ‘कालोबजारी गर्ने जोकोही कारबाहीमा पर्छन, यथार्थ बु‘कालोबजारी गर्ने जोकोही कारबाहीमा पर्छन, यथार्थ बुझ्न खटाई सकेका छौँ ।’