ग्लोबल टेन्डरबाट पेट्रोल र डिजेल ल्याउँदा कति पर्ला मूल्य ?

असोज २९, काठमाडौँ – आयल निगमले वैकल्पिक इन्धन आपूर्तिका लागि आह्वान गरेकोमा सबैभन्दा कम मूल्यको प्रस्ताव मान्ने हो भने पेट्रोल प्रतिलिटर १ सय ९९ सय रुपैयाँ र डिजेलको मूल्य १ सय ८० ८५ रुपैयाँ पर्ने छ । इन्धन ढुवानीका लागि नेपाल आयल निगमले आशयपत्रको सूचना प्रकाशित गरेपछि उक्त प्रस्ताव परेको हो । निगमका अनुसार ढुवानीका लागि २२ कम्पनीले दर्ता गराएका छन् ।

निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्काले संसद्का उद्योग तथा वाणिज्य तथा उपभोक्त हित सम्बन्ध समितिमा उक्त जानकारी दिएका हुन् । तर, उनले यो रकम प्रस्ताव गर्ने कम्पनी र ढुवानी बाटोबारे भने खुलाउन चाहेनन् ।

भारतीय आयल कर्पोरेसन (आइओसी) बाट आयात गरी बिक्री हुँदै आएको प्रतिलिटर पेट्रोलको मूल्य १ सय ४ र डिजेलको मूल्य ८१ रुपैयाँ छ । विभिन्न कम्पनीहरुले गरेको प्रस्तावमा दोब्बरभन्दा बढी मूल्य परेपछि निर्णय गर्न समस्या भएको निगमले जनाएको छ,